दफा ५
बीमा गरिएका हुलाक वस्तुहरुको सम्बन्धमा दायित्व
तोकिएको शर्त र बन्देजहरुको अधीनमा
रही बीमा गरिएको कुनै हुलाक वस्तु वा त्यसको कुनै अंश हुलाकद्वारा चलान गरिंदाको अवस्थामा
हराएमा वा नोक्सान भएमा जति रकमको निमित्त बीमा गराएकोछ सो रकममा नबढाई सो
हुलाक वस्तुको प्रेषकलाई क्षतिपूर्ति दिने दिलाउने जवाफदेही नेपाल सरकारको हुनेछ ।
तर कुनै हालतमा पनि हराएको वा नोक्सान भएको वस्तुको वास्तविक मूल्य भन्दा बढी
क्षतिपूर्ति दिनुपर्ने छैन ।